कांग्रेस संसदीय दलको बैठक बस्दै
- बैशाख २८, २०८१
- 0
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसले बिहीबार नै दलको बैठक राखेको थियो । तर नेता सुर्यमान गुरुङको निधनका कारण अन्तिम समयमा बैठक स्थगित भएको थियो ।
शुक्रबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने र त्यसपछि ८ः३० बजेदेखि संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा संघीय संसद्को बजेट अधिवेशनको तयारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेपछि कांग्रेसले संसदीय समिति गठन गरी छानविन गर्नुपर्ने माग गर्दै आएको छ । यो अधिवेशनमा समेत सरकारले छानविन समिति गठन नगरे संसद् पूर्णरुपमा ठप्प पार्ने कांग्रेसको चेतावनी छ ।
बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले सहकारी ठगी प्रकरणमा थप कडारुपमा प्रस्तुत हुने रणनीति बनाएको थियो । शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने प्रमुख सचेतक लेखकले बताए ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






