गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

news-details

गण्डकी प्रदेश सरकारविरुद्ध काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।

प्रदेश सरकारले पाएको विश्वासको मतको विषयमा आपत्ति जनाउँदै नेपाली काँग्रेसले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो ।

दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरालाई विपक्षी बनाइएको छ ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भएको भन्दै घोषणा गरेपछि कांग्रेसले रिट दायर गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *