डढेलोले सोलुखुम्बुका दश घर खरानी, दर्जनौं पशुचौपाया मरे

news-details

सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँ पस्दा ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने एक दर्जन गाई, भैँसीको गोठ जलेको छ । गोठ जल्दा त्यहाँ रहेका पशुचौपायासमेत जलेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा हिजो लागेको डढेलोबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राई लगायतको घर र गोठ जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको छ भने दर्जनौँ गोठमा बाँधिएका पशुचौपाया जलेका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो गाउँ पसेपछि घरहरु सल्एिका थिए भने केहीबेरमा गाउँ नै खरानीमा परिणत भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।

‘जंगलमा लागेको आगो नियन्त्रणको प्रयास जारी नै राखेका थियौं । बिहीबार बिहान एक्कासी तिव्र गतिमा हावाहुरी आएर बनको डढेलो गाउँ पस्दा ९ घर पुर्णरुपमा नष्ट भएका छन् । तीन गाई र भैँसी गोठ समेत जल्दा गोठमा रहेका दर्जन पशुचौपाया मरेको खबर आएको छ । क्षतिको विवरण संकलन गरिरहेका छौं ।’, प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपाल न्यूज बैंकसँग भनिन् ।

आगलागि बस्तिबाट नियन्त्रणमा लिइएपनि जटिल भौगोलिक अवस्थाका कारण तीन वटै सुरक्षा निकाय परिचालन गर्दा पनि नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *