कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार राती कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *