इलाम २ उपनिर्वाचन : झिनो मतले कांग्रेसको अग्रता कायमै

news-details

इलाम २ को उपनिर्वाचनका लागि भएको मतदानको परिणाम आउनेक्रम शुरु भएको छ । अहिलेसम्म दुईवटा वडाको मत परिणाम आएको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ । दुई वडामा २ हजार ८३९ मत खसेको थियो । जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ ।

२ वडामा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन् । उनले एक हजार ६३ मत पाएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन् । उनले २०९ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *