कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट परियारको नाम सिफारिस

news-details

कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा ९माओवादी केन्द्र०ले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।

मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन ।

माओवादी केन्द्रले पहिलो चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन् । हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए ।

बुधबार बिहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *