जीपसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

news-details

विपरीत दिशाबाट आउँदै गरेका जीप र मोटरसाइकल एकअर्कासँग जुध्दा झापामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किएका थिए । जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *