जीपसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
- बैशाख १२, २०८१
- 0
विपरीत दिशाबाट आउँदै गरेका जीप र मोटरसाइकल एकअर्कासँग जुध्दा झापामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किएका थिए । जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]






