कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच आज भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
- बैशाख १२, २०८१
- 0
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन् ।
थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
वातापछि दुवै देशबीच सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि कतारी राजा थानी स्वदेश फर्किनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका राजा थानीलाई मंगलबार राष्ट्रपति पौडेल आफैँ विमानस्थल पुगेर विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
लगत्तै थानी र पौडेलबीच भेटवार्ता भएको थियो । बेलुका राष्ट्रपति पौडेलले रात्रीभोज समेत गरेका थिए ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]






