काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति पौडेलद्धारा विमानस्थलमा स्वागत

news-details

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौ आइपुगेका छन । दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका थिए ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेश हुदै नेपाल आइपुगेका हुन ।

मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपरान्ह कतार फर्किने छन् ।

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

कतारका अमिरबाट नेपालमा पहिलोपटक यो भ्रमण हुन लागेको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *