वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम, सतर्क रहन आग्रह
- बैशाख ९, २०८१
- 0
गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम बढेको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको नभइ हिम पहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए । ‘तालमा हिम पहिरो झरेको हो । त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन । जोखिमको अवस्था बुझ्न प्रहरी टोली ताल क्षेत्रमा पुगिसकेको छ । तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,’दाहालले भने ।
तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए । बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ ।
मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ । तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ ।
0 प्रतिक्रिया
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने […]
प्रधानमन्त्री बालेनको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर […]
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि […]
संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन […]
आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । २०७२ […]






