वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम, सतर्क रहन आग्रह

news-details

गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम बढेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको नभइ हिम पहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए । ‘तालमा हिम पहिरो झरेको हो । त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन । जोखिमको अवस्था बुझ्न प्रहरी टोली ताल क्षेत्रमा पुगिसकेको छ । तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,’दाहालले भने ।

तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए । बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ ।

मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ । तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *