कोशी प्रदेशसभामा विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित, प्रस्तावको पक्षमा ५२ सांसद

news-details

कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

ध्वनी मतले पारित गरिएको संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको जानकारी सभामुख अम्बरबहादुर बिष्टले दिएका छन ।

संकल्प प्रस्तावको विपक्षमा रहेका सांसदहरू मत गणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ मत देखिएको सभामुख विष्टले जानकारी दिए ।

संकल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुको औचित्य सकिएको भन्दै विशेष अधिवेशन अन्त्य समेत गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *