शपथ लिएकै भोलिपल्ट सुदूपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा

news-details

सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् ।

मन्त्री पदको सपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेकी हु्न् ।

‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा सपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेनँ, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *