सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

news-details

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री भएलगत्तै प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई सपथ ग्रहण गराएका हुन् ।

प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए् ।

संघमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि सोडारीका लागि बाटो खुलेको हो । उनलाई आफ्नै दल एकीकृत समाजवादी, एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र १०, एकीकृत समाजवादीका ४ सांसद छन् । तीन दलसँगै नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक सांसदको समर्थन पाएर सोडारीले बहुमत पु¥याएका हुन् ।

यसअघि विश्वासको मत नपाउने अवस्था आउँदा मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *