कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेस

news-details

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि संकल्प प्रस्ताव पेस गरिएको छ । नेकपा (एमाले) र माओवादी केन्द्रले परिमार्जित संकल्प प्रस्ताव पेस गरेका हुन् ।

बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेस गरेका हुन् । सभामुख अमरबहादुर बिष्टले आफ्नो भनाइ राख्दै सभामा संकल्प प्रस्ताव पेस गर्न भण्डारीलाई समय दिएका थिए ।

बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए । एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री कार्की अल्पमतमा परेकाले पदमुक्त गर्न आवश्यक रहेको भन्दै एमाले र माओवादीको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङले बिहीवारका लागि प्रदेशसभाको अधिवेशन बोलाएका थिए ।

परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *