एकीकृत समाजवादीको सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्न सुझाव

news-details

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ । आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाईएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ ।

महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवाको सहभागिता गराउने विषयलाई महत्व दिइएको सचिव जीवनराम श्रेष्ठले बताएका छन् ।

समाजवादीका सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएकका छन् । आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएका छन् ।

स्थानीय तहबाट आएका सुझाव र विवरणको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र महाधिवेशन प्रतिनिधि चयन गरिने सो पार्टी जनाएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने छ ।

आगामी महाधिवेशनको तयारी गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गरिएको छ ।

नेकपा एमालेसँग असमती बढ्दै गएपछि त्यही पार्टीमा लामो समय महासचिव र अध्यक्ष समेत रहीसकेका नेपालले एकीकृत समाजवादी पार्टीको गठन गरेका हुन् । अहिले यो पार्टी सत्ता गठबन्धनको एक सदस्य दल हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *