सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै पक्षको दावी अस्वीकृत, फेरि दावी पेश गर्न २ दिनको समय

news-details

सुदूरपश्चिमको मुख्यमन्त्रीका दुवै दावी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नाजिर मियाले नागरिक उन्मुक्ति पार्टीका दुवै दावी अस्वीकृत गरेका हुन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दावी नपुगेको जनाउँदै २ दिन समय दिएर फेरि दावी पेश गर्न आह्वान गरेका छन्।

मियाले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले सूचना जारी गरी जनाएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *