एनआरएनए कतारका अध्यक्ष भट्ट ‘भरतपुर भ्रमण वर्ष २०२४’को मूल समारोह समितिको सदस्यमा मनोनित

news-details

भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ सफल बनाउन एनआरएनए कतारका अध्यक्ष रमेश भट्टलाई मूल समारोह समितिको सदस्यका रुपमा मनोनित गरेको छ ।

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्धेश्यले निजी क्षेत्रको सहकार्यमा भरतपुर महानगरले गर्न लागेको वृहत अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ सफल बनाउन एनआरएनए कतारका अध्यक्ष भट्टलगायतको मूल समारोह समिति बनाएको हो ।

महानगरले भट्टलाई सदस्यमा मनोनित भएकोमा बधाइ दिँदै उक्त अभियान सफल बनाउन रचानात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया