कांग्रेस संसदीय दलको बैठक बस्दै
- बैशाख २, २०८१
- 0
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न आवाज उठाइरहेका बेला सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले दलको बैठक बोलाएका हुन् ।
दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । विहान ८ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने र त्योभन्दाअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका नाममा संसद् अवरुद्ध पारेको भन्दै सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




