‘आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध हुनुपर्छ’

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरुमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको र त्यसका लागि सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने बताएका हुन् ।

‘एतिहासिक उपलब्धिहरुको रक्षा गरी देशमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ’ देउवाले भनेका छन् ।

नयाँ वर्ष २०८१ ले नेपालीबीचको एकतालाई अझ बढी मजुबूत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सक्ने सकोस् भन्ने धारणा देउवाको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *