लुम्बिनीका मुख्‍यमन्त्री महराले मागे विश्वासको मत

news-details

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत मागेका छन्। केन्द्रमा फेरिएको सत्ता समीकरण र राजनीतिक परिवर्तनसँगै सातै प्रदेशमा परिस्थिति फेरिएको र लुम्बिनी प्रदेश सरकारको जिम्मेवारी आफूले लिएको पनि उनले बताए।

विगतका दिनमा पनि सबै दलहरूसँग राजनीतक सहमति र सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य हुने बताउँदै आफूलाई विश्वासको मत दिन उनले आग्रह गरे।

महरालाई पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन छ। ८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *