तरुण दलको केन्द्रीय भवन निर्माणका लागि अधिकारीले दिए दुईलाख २० हजार

news-details

नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी कुमार अधिकारीले नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि सहयोग गरेका छन् । उन्ले भवन निर्माणका लागी २ लाख २० हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको भातृ संगठनको लागी आफ्नै केन्द्रीय भवन आवश्यक भएको भन्दै आर्थिक सहयोग गरेको बताए । काठमाडौजस्तो देशको संघीय राजधानीमा एउटा आफ्नै भवन नहुनु लाजमर्दो भएको भन्दै यो अभियानमा युवा समाजसेवी अधिकारीले आफै जोडिएर पहल सुरु गरेका हुन् । दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका अधिकारीले केन्द्रमासमेत लामो समयदेखि पार्टीका लागि भूमिका खेल्दै आएका छन् ।

युवा तरुणसंग बढी लोकप्रिय रहेका अधिकारीले एक कार्यक्रमकाबीच तरुण दलका अध्यक्ष बिद्वान गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । नेपाली कांग्रेसको युवा संगठनको रुपमा रहेको तरुण दलले नेपालको राजनीतिमा आफ्नो महत्वूर्ण भुमिका निर्वाह गर्दे आएको छ भने सिंगो पार्टीलाई स–शक्त र चलायमान बनाउन भूमिका खेल्दै आएको छ । युवा समाजसेवीसमेत रहेका अधिकारीले अप्ठ्यारोमा परेकाहरुलाई पनि सधै सहयोग गर्दे आएका छन् ।

उनले सामाजिक रुपमा दुर्गम ठाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर अति बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा पनि आर्थिक सहयोग गर्दे आएका छन् ।

उनले तरुण दलको भवन निर्माणका लागि देशभरबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको भन्दै केन्द्रीय सदस्यहरुबाट एकैदिन चौध लाख ९५ हजार रुपैया बढी संकलन भएको जानकारी दिए । उनले आर्थिक सहयोग अभियान अन्तर्गत तरुण दलको भवन चाडै बन्ने ठोकुवा पनि गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *