संगठनको मर्यादालाई कायम राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

news-details

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संगठनको मर्यादा कायम राखेर काम गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले बुधबार मधेशस्तरीय सुरक्षा गोष्ठीपछि त्यहाँ रहेका सुरक्षा चुनौती र समस्याहरूको पहिचान भएको भन्दै अब उपलब्ध साधनश्रोत र जनशक्तिका आधारमा समाधानको पहल गर्न निर्देशन दिए ।

सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको समस्यालाई सरकारले समाधान गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

गोष्ठीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्ने प्रदेश सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *