भरत तालले चर्चित बागमतीका मेयर थापामाथि भ्रष्टाचार मुद्दा

news-details

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

भरत ताल निर्माण गर्न लगाएर चर्चामा आएका उनको आम्दानी र खर्चको हिसाब निकाल्दा ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको हो ।

थापाले नगरप्रमुखका रुपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ देखि गत माघ २९ गतेसम्मको अनुसन्धान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा छ । उनको लगानी र सम्पत्ति १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ देखिँदा ७ करोड ८६ लाख ५० हजार रुपैयाँको मात्रै वैधानिक स्रोत खुल्न आएको आयोगको दाबी छ ।

‘वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया बरावरको सम्पत्ति ऋणात्मक देखिएको’ आयोगले जनाएको छ ।

सार्वजनिक पद धारण गरेका थापाले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी आयोगको छ ।

मुद्दामा आयोगले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाई रामकुमार थापा र बुहारी द्वारीका राउतलाई पनि प्रतिवादी बनाएको ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *