प्रमाणित नभै कसैमाथि प्रहार नगर्न सांसद झाको आग्रह

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति आफूलाई आपत्ति भएको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले कानूनी र प्रक्रियागत बाटोबाट जान सबैलाई आग्रह गर्दै निष्कर्ष नआएको विषयलाई लिएर निराधार कुनै व्यक्तिप्रति पटक पटक लान्छनाहरु लगाउन नपाउने बताए ।

रास्वपाका सभापति रबि लामिछानेको नाम मुछिएको बिषय छानविन गर्न संसदीय समितिको माग गरिरहेको नेपाली कांग्रेसप्रति संकेत गर्दै झाले यस्तो प्रतिक्रिया गरेका हुन् ।

उनले भने, ‘सदनको नियमावलीको पृष्ठ ११ र १२ मा सदनमा बोल्न पाउछ र निराधार कुनै व्यक्तिप्रति पटक पटक लाल्छनाहरु लगाउन पाउदैँन् भनेर कानूले कुनै निर्णय दिएको छैन् । सुरक्षा निकायले आफ्नो सूचना दिई सकेको छ । त्यो चौकीमा कसैले गएर दिएको एउटा उजुरी हो जुन दर्ता भएको छैन् । त्यहा आफ्नो प्रायोजित पत्रकारहरुलाई लेख्न लगाइएको सूचना मात्र हो । त्यसमा प्रश्न छ, निष्कर्ष छैन् । तर त्यसको आधारमा पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ । आउनु कानूनी र प्रक्रियागत बाटोबाट जाऔं कति कुण्ठा पालेर बस्नु हुन्छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनको आधारमा भएको भन्दै रास्वपा सुशासनको अवरोध बन्छ भन्ने आसंखा नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘हामीले अर्को फरक संविधान चाहियो भनेर कहिले भनेका छैनौ । हामी यही व्यवस्थामा फरक अवस्था, सुधारिएको अवस्था चहान्छौ भनेर आएका हौ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै त्यही मुद्धाको आधारमा भएको हो ।त्यसकारण हामीबाट सुशासन नपाइएला की सुशासनको लागि अवरोध गर्ला की भनेर आसंखा कतै पनि नगरियोस् । किनभने हाम्रो दलको सिर्जना र स्थापनाको आधार नै त्यही हो । त्यसकारण त्यसको संखा नगर्न अनुरोध गर्छु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *