कांग्रेसको अडानपछि प्रतिनिधि सभाको बैठक स्थगित

news-details

प्रतिनिधि सभाको आजको बैठक नियमित कार्बाही सुरु हुनासाथै स्थगित भएपछि भोलि बस्ने गरी अन्त्य भएको छ ।

गृहमन्त्री रबि लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न संसदीय समिति माग गरिरहेको नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक अघि बढ्न पाएन ।

आज बिहान संसदीय दलबाट संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री निवासमा सभामुख सहितको उपस्थितिमा भएको छलफलमा पनि पछि नहट्ने अडान दोहोर्याएको थियो ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ कांग्रेसले यही माग पूरा हुनुपर्ने माग गर्दै यो पूरा नभईकन अरु कार्बाही अगाडि नबढाउन माग गरेपछि सभामुखले सदन स्थगित गरेर २८ गते बस्ने सूचित गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *