रास्वपालाई प्रदीप पौडेलको प्रश्न – निर्दोष भए छानबिन समिति बनाउन किन नमानेको ?

news-details

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन ।

सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताएका हुन ।

सांसद पौडेलले नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नभएको ? भन्दै प्रश्न गरे ।

सांसद पौडेलले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताए । उनले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताए । सांसद पौडेलले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताए । उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए ।

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया