संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न देउवाले बोलाए बैठक
- चैत्र २६, २०८०
- 0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भुमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभापति देउवाको निवासमा सोमबार विहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको उनको सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् ।
सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




