सहकारी ठगी प्रकरण : संसदमा कांग्रेसको अवरोधबारे सभामुखले चार दललाई छलफलमा बोलाए

news-details

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिएका छन् ।

सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दललाई छलफलका लागि बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले अघिल्लो बैठकमा अर्को बैठकमा संसदीय समिति गठन गरेरमात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गरेका हुन् ।

अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया