उपनिर्वाचन : उम्मेदवारविरुद्ध दाबी विरोध आज
- चैत्र २५, २०८०
- 0
इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ ।
आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ ।
उपनिर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयन दर्ताअन्तर्गत इलाम–२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
मतदान भने बैशाख १५ गते विहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




