काठमाडौंका विद्यालयलाई ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न महानगरपालिकाको निर्देशन
- चैत्र २१, २०८०
- 0
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ ।
बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।
महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो ।
साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




