आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

news-details

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहनेछ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बेलुकी पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया