माओवादी नेता कालीबहादुर खाम पक्राउ

news-details

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्।

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोग लागेका खाम १५ वर्षदेखि फरार रहँदै आएका थिए । उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया