‘चीनसँगका १४ वटा नाका कहिले खुल्छ मन्त्रीज्यू ?’
- चैत्र २०, २०८०
- 0
नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रील दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनु भएको छ । यस क्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरु अब छिटै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ । तर यस्तो सम्झौता
प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो तर अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन् । यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ ।’
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




