श्रम मन्त्रालयको सचिवमा घनश्याम उपाध्याय

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायको सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका उपाध्यायलाई मन्त्रिपरिषदको सोमबारको बैठकले श्रम मन्त्रालयमा सरूवा गरेको हो ।

गत असारमा सचिवमा बढुवा भएका उपाध्याय बागमती प्रदेशको मुख्य सचिव हुनुअघि सोही प्रदेशको नीति तथा योजना आयोग र त्यसअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएका थिए ।

श्रम मन्त्रालयका तत्कालीन सचिव केवल प्रसाद भण्डारीले स्वेच्छिक अवकाशका लागि दिएको राजीनामा मन्त्रिपरिषद्ले चैत ८ गते स्वीकृत गरेपछि मन्त्रालयको सचिव पद करिब दुई हप्तादेखि रिक्त रहेको थियो । निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार २०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले त्यसरी अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश रोज्दा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा पेन्सन पाउने व्यवस्था छ ।

निजामती ऐनमा सचिवले स्वेच्छिक राजीनामा गरेकोे अवस्थामा नियमित सेवा भन्दा दुई वर्ष बढी सेवा गरेको मानि निवृत्तिभरण ९पेन्सन० दिइने प्रावधान छ । सोही व्यवस्थाको लाभ लिन तत्कालीन सचिव भण्डारीले चैत ११ गते राजीनामा दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया