संस्था स्थापनाको अवसर पारेर राष्ट्रिय व्यापार संघले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विगतका वर्षहरुमा झैं यस वर्षपनि संघले न्युरोडस्थित फसिकेव मार्गमा स्वास्थ्य परिक्षण तथा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि २० औं स्थापना दिवस मनाएको हो । संघका अध्यक्ष हिमलाल खरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

कुनै पनि बिरामीले रक्तअभावका कारण अकालमा ज्यान गुमाउनु नपरोस् भन्नका लागि संघले स्थापनाकालदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको र यस वर्ष पनि निरन्तरता दिएको संघका अध्यक्ष खरालले जानकारी दिए ।

व्यापारीका समस्या समाधान गर्न आफू जुनसुकै समय पनि तत्पर रहेको र जस्तोसुकै समस्या लिएर आफु कहाँ आउन समेत उनले सबै व्यापारीहरुलाई आग्रह गरे । आफ्नो कार्यकालमा व्यापारीका समस्या समाधानका अलावा सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकता दिएर काम गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कार्कीले स्थापना दिवसको अवसर पारेर राष्ट्रिय व्यापार संघले रक्तदान जस्तो महान् पुण्यको कार्य गरेकोमा संघप्रति खुशी व्यक्त गरे ।

बाढीपहिरो, भुकम्प, कोरोनालगायतका महामारीमा पनि राष्ट्रिय व्यापार संघले एकदमै महत्वपुर्ण भुमिका निभाएको बताउँदै उनले अन्य संघ संस्थाहरुले पनि सिक्न जरुरी रहेको बताए । व्यापारीहरु व्यापार मात्र गर्ने नभई राज्यमा आइपर्ने आपत् विपत्मा पनि उत्तिकै सक्रिय भएर लाग्ने सन्देश संघले दिएको उनको भनाई छ ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

कार्यक्रममा बोल्दै संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले रक्तअभाव हुन नदिन संघले प्रत्येक वर्ष वार्षिक क्यालेन्डरमै समावेश गरेर रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि गर्दै जाने बताए । साथै उनले राष्ट्रिय व्यापार संघ व्यापारीहरुको मात्र संस्था नभएर सम्पुर्ण दुःख पीडामा परेका नेपालीहरुको साझा संस्था रहेको समेत जानकारी दिए ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

संघका द्धितीय उपाध्यक्ष पदम बहादुर लामिछानेले सम्पुर्ण पदाधिकारीहरुको साथ र सहयोगका कारण नै संघले व्यापारीका हकहितका अलावा थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताए ।

संघका तृतिय उपाध्यक्ष बैकुण्ठ दाहालले संघले विगतदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा थप अन्य कार्यहरु पनि गर्दै जाने बताए । साथै सम्पुर्ण उमेर पुगेका स्वस्थ्य व्यक्तिले रक्तदान गरि कसैको जीवन जोगाउनका लागि सहयोग गर्न समेत आग्रह गरे ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

त्यस्तै कार्यक्रममा संघका महासचिव तथा नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष केदारप्रसाद न्यौपानेले प्रत्येक संघसस्थाले कार्य थालनी गर्दा रक्तदान गरि सुरु गर्नुपर्ने अभियान नै सुरु गरेको बताउँदै राष्ट्रिय व्यापार संघले पनि त्यसलाई नै अनुसरण गर्दै अघि बढेको बताए । साथै प्रत्येक ३–३ महिनामा रक्तदान गरि आफू पनि स्वस्थ्य रहदै अन्य मानिसहरुको पनि जीवन जोगाउँन उनले सम्पुर्णलाई आग्रह गरे ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

कार्यक्रममा एकता व्यापार संघका अध्यक्ष दिपक प्रधान, रञ्जना व्यापार संघका अध्यक्ष हरि पाण्डे, बिशाल वजार व्यापार संघका उपाध्यक्ष बासु मालाकार, महासचिव भिमप्रसाद शर्मा, फसीकेव टोल सुधार समितीका अध्यक्ष अजर मानन्धर, क्लव फसीकेवका अध्यक्ष प्रज्वलमान शाक्य लगायतको उपस्थिति रहेको थियो  ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

त्यस्तै संघका निवर्तमान अध्यक्ष सरोजकुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु रमेशचन्द्र बहादुर श्रेष्ठ, नयनबहादुर पण्डित क्षेत्री र संघका कार्यसमिती सदस्यहरुको समेत कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रमबाट ३० पिन्ट रगत संकलन भएको नेपाल संघका महासचिव न्यौपानेले जानकारी दिए ।