प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध उजुरी आह्वान
- चैत्र १९, २०८०
- 0
प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढेको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्दै दश दिनको समय तोकेको छ ।
संसदका महासचिव पद्यप्रसाद पाण्डेयले सोमबार नयाँ बानेश्वरमा बसेको सुनुवाइ समिति बैठकले रायाविरुद्ध उजुरी दिन दश दिने सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिए ।
आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । पूर्वअर्थसचिव समेत रहेका राया हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी हुन् ।
६ वर्षको पदावधि रहने महालेखा परीक्षकका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




