तीन संसदीय समितिको बैठक बस्दै, प्रस्तावित महालेखापरीक्षक रायाबारे संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने

news-details

संघीय संसद अन्र्तगत्का तीन समितिको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।

बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ । संवैधानिक परिषद्बाट सिफारिस भएका रायाका विषयमा आजको बैठकले संसदीय सुनुवाइ अघि बढाउने समितिका सदस्य एवम् एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि आज बिहानका लागि बोलाइएको छ । बैठक ८ बजेपछि बस्ने छ ।

यस्तै, राष्ट्रिय सभा अन्र्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *