गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

news-details

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *