महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस

news-details

सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

संवैधानिक परिषदको आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ बर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरिएको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।

महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल आइतबार विहान संवैधानिक परिषद्को बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका थिए । परिषद्को बैठकले रायलाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

लेखा पृष्ठभूमिका राय हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । महालेखा परीक्षकका लागि राय र शिशिर ढुंगानाको चर्चा भइरहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *