बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद्भागवत महापुराण सुरु

news-details

धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद्भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ शनिवारबाट शुरु भएको छ ।

जनचेतना युवा समूहको आयोजनामा चैत्र २४ गतेसम्म चल्ने महायज्ञ शनिवार मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा)ले उद्धघाटन गरेका हुन् ।चैत १७ गते कलशयात्रासहित शुरु भएको महायज्ञमा १८ गतेदेखि २४ गतेसम्म हरेक दिन सङ्गीतमय कथाप्रवचन हुने आयोजकले जनाएको छ । आचार्य विष्णुहरि वडाल एवं आचार्य सुदर्शन बडाल प्रमुख वाचक छन् भने पण्डित रामहरि बडाल उपवाचक छन् ।

परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप नै पहलकदमी गरिएको जनचेतना युवा समूहका अध्यक्ष रमेश न्यौपानेले जानकारी दिए । ९५ लाख लागत अनुमान गरिएको मन्दिर निर्माणको लागि उपभोक्ताले व्यहोर्नुपर्ने ४० प्रतिशत बराबरको ३८ लाख रकम जुटाउन स्थानीयले महायज्ञ आयोजना गरेका हुन् । मण्डप निर्माण, स्वागत सत्कार, पण्डित दान र दक्षिणा गरी करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । महायज्ञको लागि समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरेर तयारी गरिएको थियो ।

बडालगाउँ, क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया