धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद्भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ शनिवारबाट शुरु भएको छ ।
जनचेतना युवा समूहको आयोजनामा चैत्र २४ गतेसम्म चल्ने महायज्ञ शनिवार मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा)ले उद्धघाटन गरेका हुन् ।

परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप नै पहलकदमी गरिएको जनचेतना युवा समूहका अध्यक्ष रमेश न्यौपानेले जानकारी दिए । ९५ लाख लागत अनुमान गरिएको मन्दिर निर्माणको लागि उपभोक्ताले व्यहोर्नुपर्ने ४० प्रतिशत बराबरको ३८ लाख रकम जुटाउन स्थानीयले महायज्ञ आयोजना गरेका हुन् ।

बडालगाउँ, क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन् ।








