काठमाडौं र ललितपुरका यी स्थानमा आज बिजुली काटिने
- चैत्र १७, २०८०
- 0
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज २ देखि ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंमा बाँसबारी, महाराजगञ्ज, मन्डिखाटार, गोल्फुटार लगायत महाराजगञ्ज वितरण केन्द्रको मन्डिखाटार महाराजगंज फिडर १ अन्तर्गत पर्ने स्थानहरूमा २ घन्टा बिजुली काटिने छ।
त्यहाँ ट्रान्सफर्मर अपग्रेडलगायतका काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म त्यस फिडरअन्तर्गतका क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।
त्यस्तै लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, ए.भी.एम चोक लगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।
ती क्षेत्रहरूमा विद्युत् कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले लाइन सटडाउन गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ।
समयअगावै काम सम्पन्न भएको अवस्था चाँडै लाइन सुरू हुने प्राधिकरणले जनाएको छ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




