बागमती प्रदेशमा मन्त्रीपरिषद बिस्तार, हानेपाका बज्राचार्यले लिए मन्त्रीको शपथ

news-details

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकार विस्तार गरेका छन् । बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका हुन् ।

बज्राचार्यले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट नेपाल भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाइएको हो।

बागमती प्रदेशमा सत्ता गठबन्धनको सरकार विस्तारमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएलगत्तै वर्तमान सरकार तत्काललाई जोगिएको छ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छन्। एमाले, माओवादी र एकीकृत समाजवादी र हानेपाका कुल सांसद ५७ छन्। प्रदेशसभामा हानेपाका बज्राचार्य सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री जम्कट्टेलको सरकार जोगिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *