बागमती प्रदेशमा मन्त्रीपरिषद बिस्तार, हानेपाका बज्राचार्यले लिए मन्त्रीको शपथ
- चैत्र १५, २०८०
- 0
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकार विस्तार गरेका छन् । बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका हुन् ।
बज्राचार्यले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट नेपाल भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाइएको हो।
बागमती प्रदेशमा सत्ता गठबन्धनको सरकार विस्तारमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएलगत्तै वर्तमान सरकार तत्काललाई जोगिएको छ।
११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छन्। एमाले, माओवादी र एकीकृत समाजवादी र हानेपाका कुल सांसद ५७ छन्। प्रदेशसभामा हानेपाका बज्राचार्य सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री जम्कट्टेलको सरकार जोगिएको छ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




