अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा लाक्पा शेर्पा

news-details

हिमाल आरोहणमा एक पछि अर्को कीर्तिमान कायम राख्दै आएका युवा आरोही लाक्पा शेर्पाले सातौ पटक मकालु हिमालको आरोहण गर्ने भएका छन् । उनी मकालु हिमाल आरोहणका लागि नेतृत्व गर्दे त्यसतर्फ गएका छन् ।

मकालु लाक्पाका नामले परिचित लाक्पा शेर्पा हिमाल आरोहणमा प्रख्यात नाम हो । संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले पटक पटक मकालु हिमाल आरोहण गरेर एकपछि अर्को कीर्तिमान कायम राख्दै आएका छन् । नेपालमा मकालु हिमाल आरोहणको अगुवाई गर्दे आएका शेर्पा एकमात्र मकालु हिमाल आरोहणको नेतृत्व गर्ने शेर्पा हुन् । यस अघि पनि शेर्पाले धेरै पटक मकालु हिमाल आरोहणको नेतृत्व गर्दे मकालु हिमालमा बिदेशी पर्यटकलाई आरोहणकालागि आकर्षित गर्दे आएका छन् ।

नेपालमै नाम चलेको सेभेन समिट ट्रेकबाट निरन्तर आरोहण गर्दे आएका कीर्तिमानी आरोही शेर्पा लुक्ला आउटडोर कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा पनि रहेका छन् । यो पटक भने लाक्पा शेर्पाले बिभिन्न देशका ३५ जना आरोहिलाई मकालु हिमालको आरोहण गराउने भएका छन् । यस बाहेक अरु ३५ जना शेर्पा पनि उन्को टिममा छन् । सबैको नेतृत्व यीनै लाक्पाले गरी रहेका छन् ।

हिमाल आरोहण गर्ने र गराउने कम चुनौतिपूर्ण छैन । किन भने आफू एक्लै उनी हिमाल आरोहणका लागि गएका छैनन् । उनीसंगै हिमाल आरोहणका लागि गएका सबै आरोहिलाई हिमाल आरोहण गराउने चुनौति छ शेर्पालाई । जस्तो चुनौति भए पनि हिमाल आरोहण गर्ने र गराएर फर्कने उन्को धोको छ । त्यसपछि उन्ले अर्को कीर्तिमानी राख्ने त पक्का छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *