प्रचण्ड–देउवाबीचको भेटमा टीआरसी विधेयक र संसद अवरोधबारे छलफल

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ ।

‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ । दाहाल गृहमन्त्रीको बचाउमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *