नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए।

रायमाझीको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको पौडेलले बताए।