दोस्रो टी-२० मा पनि आयरल्यान्ड ‘ए’ विरूद्ध नेपाल विजयी

news-details

नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड ‘ए’ विरूद्धको दोश्रो खेलमा पनि जित हासिल गरेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले आइरिस टोलीसँग भएको दोस्रो खेलमा ७१ रनको जित निकाल्दै सिरिज २-० ले जितेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

मंगलबार नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अलआउट भयो।

आयरल्यान्डका रोस एडियरले १७ रन, स्टेफिन डोहेनीले २६ रन, कारमाइकलले १८ रन, मोर्गन टपिङले २१ रन, कप्तान निल रकले १७ रन, गभिन होएले १ रन र फिन ह्यान्डले ५ रन बनाए ।

नेपालले आयरल्यान्डको अन्तिम तीन विकेट तीन बलमा लिएको थियो। सोमपालले १९औं ओभरको पहिलो बलमा म्याकार्थीलाई १ रनमा बोल्ड गरे। दोस्रो बलमा बेन ह्वाइटलाई शून्यमा क्याच गरे। यस्तै तेस्रो बलमा गेरेथ डिनेलीलाई कप्तान रोहितले १५ रनमा रनआउट गरे।

बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन बनायो। नेपालका लागि गुल्सन झाले ४६ रन, कुशल भुर्तेलले २५ रन, आसिफ शेखले ११ रन, अनिलकुमार साहले १२ रन, कप्तान रोहितकुमार पौडेलले ३३ रन, कुशल मल्लले ३४ रन बनाए। यस्तै अन्तिम बलमा आउट भएका सन्दीप जोराले २१ रन बनाउँदा विवेक यादवले नटआउट ७ रन जोडे।

बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट र बेन ह्वाइटले २ विकेट हात पारे। फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए ।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। आयरल्यान्डसँग दुई वटा टी-२० खेल खेलेसँगै नेपाली टिम यसैसाता भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ‘ए’ टिम र आयरल्यान्ड ‘ए’ बीच बिहीबारदेखि तीन टी-२० र तीन एकदिवसीय खेलको सिरिज सुरु हुनेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *