कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका युवकको खोजी कार्य जारी

news-details

कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हामफाल्दा बेपत्ता भएका एक जना युवकको खोजी कार्य जारी रहेको छ ।

हिजो सोमबार दिउँसो कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीसहित १७ जना युवा पुलबाट नदीमा हाम फालेका थिए ।

उनीहरु होलीको दिन मादक पदार्थ सेवन गरी पुलमा सामूहिक रूपमा तस्वीर खिच्ने भन्दै एकपछि अर्को गरी हाम फालेका थिए । तर उनीहरु मध्ये ३० वर्षीय शाही भने नदीमा बेपत्ता भएका थिए ।

उनको आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया