जनचेतना युवा, समुह धुलिखेलको आयोजनामा बल्टारेश्वर मन्दिर निर्माणार्थ महायज्ञ हुँदै
- चैत्र १२, २०८०
- 0
श्री जनचेतना युवा, समुह धुलिखेल–८ बडालगाउँको आयोजनामा मुल आयोजक समितिद्धारा बल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत् महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ हुने भएको छ ।
धुलिखेल बडालगाउँ क्षेत्रलाई धार्मीक पर्यटकीय क्षेत्रको विकासका लागि २०८० चैत्र १७ गतेदेखि २४ गतेसम्म हुने महायज्ञमा अनन्तश्री विभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) ज्युको प्रमुख आतिथ्यता एवं आचार्य श्री विष्णुहरि बडाल, आचार्य सुदर्शन बडालज्युको प्रमुख वाचकत्व तथा पण्डित रामहरि बडालको उपवाचकत्वमा सम्पन्न हुन लागेको जनचेतना युवा समुहका अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए । साथै महायज्ञका लागि १०८ जना मुल समारोह समिति र विभिन्न उपसमिति गठन भईसकेको उनले बताए ।
बडालगाउँ क्षेत्रलाई धार्मीक पर्यटकीय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्ण मन्दिरहहरु निर्माण भएका छन् । परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिर निर्माणार्थ सबैले तनमन धनले सहयोग गरि पुण्य आर्जन गर्न आयोनजक समितीले सबैलाई आह्वान गरेका छन् ।
करिब ९५ लाखमा निर्माण हुने मन्दिरको लागि ४० प्रतिशत धुलिखेल नगरपालिकाबाट र ६० प्रतिशत लागत स्थानीयले संकलन गर्नुपर्ने भएको हुँदा त्यसैका लागि महायज्ञ गर्न लागेको अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै ३५ लाख रुपैया महायक्षबाट संकलन गर्ने लक्ष्य राखिएको र करिब १० लाख खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।
समितिको निर्णयअनुसार कार्यक्रमहरु निम्नानुसार हुने छन् :
२०८० चैत्र १७ गते बिहान ८ः३० बजे कलशयात्रा र दिउँसो १२ बजेबाट महायज्ञ समुद्घाटन, मण्डप पुजा
१८ गतेबाट २४ गतेसम्म संगीतमय कथा प्रवचन
२३ गते साँझ सवा ११ लाख दीप प्रज्वलन
२४ गते तील चढाउने, महापूर्णाहुति, तिलकप्रसाद वितरण, महाअभिषेक, यज्ञ समापन
६ बजेबाट ७ बजेसम्म मण्डप पुजन
७ बजेदेखि ११ बजेसम्म पाठपारायण
११ बजेदेखि ५ बजेसम्म संगीतमय कथाप्रवचन
५ बजेदेखि ५ः३० बजेसम्म आरति
साँझ ७ः३० बजेदेखि १० बजेसम्म महात्म्य कथा एवं भजन सन्ध्या
सम्मान वितरण
रु १ हजार १ देखि २ हजार सम्म दान गर्ने दातालाई माला, खादा र प्रमाणपत्रद्धारा सम्मान ।
रु २ हजार १ देखि ५ हजार दान गर्ने दातालाई माला, खादा प्रमाणपत्र फ्रेमसहीत सम्मान ।
रु ५ हजार १ देखि १० हजार दान गर्ने दातालाई माला, खादा र प्रमाणपत्र फ्रेमसहित दोसल्ला ।
रु १० हजार १ देखि २५ हजार सम्म दान गर्ने दातालाई माला, खादा र प्रमाणपत्रसहित अतिथि बनाई सम्मान ।
रु २५ हजार १ देखि ५० हजारसम्म दान गर्ने दातालाई खादा, माला प्रमाणपत्रसहित विशिष्ट अतिथि बनाई सम्मान ।
रु. ५० हजार १ देखि १ लाखसम्म दान गर्ने दातालाई माला, खादा र प्रमाणपत्रसहित प्रमुख अतिथि बनाई सम्मान ।
रु १ लाख १ देखि माथि दान गर्ने दातालाई माला, खादा र प्रमाणपत्रसहित मन्दिर परिक्रमा गराई विशेष सम्मान गरिने ।
नोट ः रु. ५ हजार १ देखि माथि दान गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने छ ।
सिधैं बैंक मार्फत सहयोग गर्न चाहने दाताले राष्ट्रिय वाणिज्य बैंक, धुलिखेलको रमेशप्रसाद न्यौपाने, पुरुषोत्तम बडाल र पार्वती के.सी को संयुक्त नाममा रहेको खाता नं. १०४०१०००७५९५९०१० मा जम्मा गर्न सकिने छ ।
सम्पर्क नं. ९८५१२२६३९९, ९८४१८१३१०६ र ९८४९३१९७२६ मा सम्पर्क गर्न सकिने आयोजकको भनाई छ ।









