दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
- चैत्र १२, २०८०
- 0
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पु¥याउनका लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश जारी गरेको हो ।
आदेशमा ‘यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पु¥याएको भए सम्बन्धन दिनू’ भनिएको छ ।
सरकारले सम्बन्धका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्त कलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन । कलेजका तर्फबाट सञ्चालक दुर्गा प्रसाईँले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




