मञ्चको होली अपांग पुर्नस्थापना केन्द्रमा(फोटोफिचर)

news-details

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (पिफान)ले यसपालिको होलि पनि अपांग पुर्नस्थापना केन्द्रमा मनाएको छ ।

काठमाडौंको गोकर्णेश्वरस्थित अपांग पुर्नस्थापना केन्द्रमा अघिल्लो वर्ष झैं मञ्चले यस वर्षपनि ६६ हजार ६ सय रुपैया आर्थिक सहयोगसहीत त्यहाँ रहेका आश्रित बालबालिकाहरुलाई भोजन गराएर होलि मनाएको हो ।

मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वमा अन्य पदाधिकारीहरु, वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार), तृतिय उपाध्यक्ष लगायतको उपस्थितिमा सांगितिक कार्यक्रमसहीत पुर्नस्थापना केन्द्रमा होलि मनाएको हो ।

मञ्चले प्रत्येक वर्ष व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र गतवर्ष झैं यसपालिको होली पनि अपांग पुर्नस्थापना केन्द्रका बालबालिकाहरुसँग खुशी साटासाट गरि मनाएको मञ्चका अध्यक्ष रावलले बताए ।

घरवारविहीन अपाङ्गहरुसँग आएर होली मनाउन पाउँदा घरमा मनाएको भन्दा पनि आनन्द महशुस भएको बताउदै अध्यक्ष रावलले बालबालिकाहरु पनि एकदमै खुशी भएर होली कार्यक्रममा सहभागी हुदा त्यसले आफूमा स्वर्गिय आनन्द प्राप्त भएको बताए । साथै आगामी दिनहरुमा पनि आफू लगायत मञ्चले केन्द्रलाई यस्ता सहयोग निरन्तर गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

त्यस्तै संघका प्रथम उपाध्यक्ष खत्रीले होली जस्तो महान् पर्व अपांग पुर्नस्थापना केन्द्रमा आएर त्यहाँ रहेका बालबालिकाहरुसँग मनाउँन पाउँदा आफूलाई एकदमै खुशी मिलेको बताए । साथै पुर्नस्थापना केन्द्रले बालबालिकाहरुका लागि गरेको कार्यको उच्च सम्मान गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जाने विश्वास दिलाए ।

पुर्नस्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बूले मञ्चले केन्द्रप्रति देखाएको मायाप्रति खुशी व्यक्त गरे । अघिल्लो वर्षपनि मञ्चले त्यसैगरि होली मनाएको स्मरण गर्दै उनले आगामी वर्षहरुमा पनि सहयोगको अपेक्षा गरे ।

मञ्चले होली मनाईदिदाँ केन्द्रमा रहेका बालबालिकाहरु पनि रमाउँदै होली मनाएको देख्दा आफूलाई एकदमै आनन्द महशुस भएको उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ भने आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया